ad ad

कला


करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल?

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल?

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १२:१०, काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धर अवसरको खोजी गर्दै नेकपा एमाले प्रवेश गरेको लामो समय भएको छैन। 

एमाले प्रवेश गरेपछि आक्रामक रुपमा प्रस्तुत भएकी करिश्मालाई छोटो समयमै सास फेर्न मुस्किल भएको छ।  
आगामी मंसिरमा हुने निर्वाचनको टिकट वितरणमा असन्तुष्ट रहेकी करिश्माले सामाजिक सञ्जालमा घुमाउरो शैलीमा दुःख पोखेकी छिन्। 

उनले लेखेकी छिन् ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर आज महसुस हुँदैछ, बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’ 

उनको यो स्टाटसलाई धेरैले एमालेको टिकट वितरण प्रतिको असन्तुष्टिका रुपमा लिएका छन्।

उनले हातमा वाइन ग्लास लिएको एक पुरानो तस्बिर सहित पोस्ट गरेको यो पोस्टभन्दा केही समय अघि आफूलाई करिश्मा भनेर चिनारी दिएको भन्दै नेकपा एमालेलाई धन्यवाद दिएकी छिन्। 

उनले लेखेकी छिन् ‘म जनता को मात्रै मान्छे हुँ। म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद!’ 

लामो समय नेपाली फिल्म उद्योगमा विताएकी करिश्माको राजनीतिक वृत्तमा भन्दा राम्रो चिनारी फिल्म क्षेत्रमा छ। 

अभिनेत्रीका रुपमा लामो समयदेखि उद्योगमा राज गरेकी करिश्मा राजनीतिमा लागेपछि कहिले नपरेको विवादमा परिन। उनले यो स्टाटस मार्फत पनि ब्यंग्य गर्न खोजेको धेरेले विश्लेषण गरेका छन्। 

करिश्मालाई ललितपुर क्षेत्र नम्बर १ बाट एमालेले समानुपातिकबाट उठाउने अपेक्षा थियो। तर यहि क्षेत्रबाट एमालेले नवराज सिलवाललाई उठाएपछि विभिन्न रुपमा असन्तुष्टि पोखिरहेकी छन्। 

यो निर्वाचनमा करिश्माले टिकटको अपेक्षा गरेको अनुमान लगाउन सकिन्छ। उनको टाइमलाइनमा आएर आशिका तामाङ नामक एक प्रयोगकर्ताले स्वतन्त्रबाट उठ्न आग्रह गरेकी छिन्। 

यो भनाइलाई करिश्माले आफ्नो टाइमलाईनमा एसेप्ट गर्दै लाइक गरेकी छिन्।  मनोनय दर्ताको दिन साडीमा सजिएर पुगेकी करिश्मा टिकट नपाएपछि निराश बनेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .