आजबाट नेपाली कथानक चलचित्र ‘बाबरी’ रिलिज भएको छ। बिहिबार साँझ प्रिमियर गरिएको यो फिल्मले अधिकांश सकारात्मक प्रतिकृया पाएको छ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्ममा धिरज मगर, धिरज नाडकर र अदिती बुढाथोकीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
प्रिमियरमा पुगेका कलाकारले धिरज मगरको अभिनयको खुलेर प्रशंसा गरेका छन्।
उनलाई यो फिल्मको अभिनय पछि धेरैले भर्सटायल कलाकार भनेका छन्। धिरजको यो दोस्रो फिल्म हो।
धिरज नाटकर पहिलो फिल्मबाटै दर्शकको मन जित्ने बाटोमा छन्। अदिती दोस्रो फिल्मबाट उद्योगका स्थापित हुने दौडमा छिन्।
यो फिल्म पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीले निर्माण गरेका हुन्।
असोज १४, २०७९, शुक्रबार
75
Shares
प्रतिक्रिया