चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले क्यूएफएक्सलाई पत्र काटेका छन्। पत्रमा उनले सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने उल्लेख गरेका छन्।
केसीले बिहिबार क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न भनेका छन् ।
क्यूएफएक्सले आजबाट रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि पत्र काटेका हुन्।
उनको यो पत्रले विदेशी सिनेमाको प्रदर्शनमा थप कडाइ गर्ने बोर्डको तयारीको संकेत दिएको छ।
48
Shares
प्रतिक्रिया