ad ad

कला


अस्कर विजेता अभिनेत्री फ्लेचरको निधन

अस्कर विजेता अभिनेत्री फ्लेचरको निधन

नेपालखबर
असोज ८, २०७९ शनिबार १५:३२, काठमाडौँ

अस्कर अवार्ड विजेता अभिनेत्री लुई फ्लेचरको निधन भएको छ। उनी ८८ वर्षकी थिइन्। शुक्रबार फ्रान्सस्थित आफ्नै घरमा उनको निधन भएको जनाइएको छ।

उनले मिलो फोरम्यान निर्देशित ‘वन फ्ल्यिु ओभर द कुकुज् नेस्ट’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन्। 

मानसिक रोगीहरुमाथिको दमनको कथा भन्ने यो फिल्मले १९७६ मा पाँच वटा अस्कर जितेको थियो। 

सो फिल्ममा उनले नर्स र्याचेटको भूमिका निर्वाह गरेकी थिइन्, जसको सर्वत्र प्रशंसा भएको थियो।

पछिल्लो समय २०१३ मा उनी एक फिल्ममा देखिएकी थिइन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .