युवा गायक जोसेफ शाही ठकुरीले देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक गरेका छन्।
शनिबार गीतको भिडियो उनको आधिकारीक युट्युव च्यानलमा सार्वजनिक गरिएको हो।
गीतको शब्द, संगीत जोसेफ आफैले सिर्जना गरेका हुन्। पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत ए–वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडयोमा चर्चित मोडल बिना राउत, सुरज मल्ल, भद्र कुँवर, सङ्गकला गौतम र सचिन गौतम लगाएतको अभिनय हेर्न सकिन्छ। बसन्त कुँवरको छायाँकन र टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको ‘दरबारे माया’ गीतको भिडियो निर्देशन गौरब गिरीले गरेका हुन् ।
‘दरबारे माया’ आधुनिक शैलीको देउडा गीत हो।
यसअघि गायक जोसेफले गाएको गीत ‘पियारी’ चौतर्फी निक्कै रुचाइएको थियो।
भिडिओ :
27
Shares
प्रतिक्रिया