सुहाना थापाको शिर्ष भूमिका रहेको फिल्म ‘भागवत गीता’को प्रदर्शन मिति तय गरिएको छ।
फिल्म निर्माण टिमले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। यो फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट रिलिज हुने भएको छ।
सार्वजनिक टिजरमा नायिका सुहाना मात्रै प्रस्तुत भएकी छिन्। टिजरमा उनको दुई रुप देखिएको छ। झरना थापाले निर्देशन गरेको फिल्मको पहिलो टिजरमा सुहाना मन्दिरमा दौडिरहेकी देखिन्छिन्।
लभ स्टोरी जनरामा निर्माण भएको यो फिल्मको शिर्ष भूमिकामा धिरज मगरले अभिनय गरेका छन्। तर टिजरमा भने उनी देखिएका छैनन्।
झरनाको निर्देशनमा बनेको ‘ए मेरो हजुर ४’ पनि नयाँ वर्षमै रिलिज भएको थियो।
42
Shares

प्रतिक्रिया