नेपाली फिल्म ‘बर एन्ड बधु’ले रिलिज मिति तय गरेको छ। मिलन चाम्स निर्देशित यो फिल्म आगामी फागुन १९ मा प्रदर्शनमा आउने भएको छ।
फिल्मको छायांकनका लागि रोमानिया पुगेको निर्माण टिमले नेपाल फर्किए लगत्तै प्रदर्शन मिति तय गरेको हो।
रोमान्टिक कमेडी कथामा निर्माण गरिएको यो फिल्मको बाँकी छायांकन नेपालमा गरिने छ।
फिल्ममा नायिका आँचल शर्माले डेब्यू नायक विवेक कर्माचार्यसँग रोमान्स गर्ने छिन्।
आँचल र विवेकका साथमा विजय लामा पनि पनि शिर्ष भूमिकामा देखिने छन्।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘बर एन्ड बधु’मा जानुका थापाले लगानी गरेकी छिन्। फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन्।
39
Shares
प्रतिक्रिया