हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिएसँगै देश तथा विदेशमा बाक्लै मेला महोत्सव भैरहेका छन्।
नेपालबाट अष्ट्रेलिया गएर व्यवसाय गरिरहेका युवाहरुले ‘मायालु तीज मेला’ गर्ने भएका छन्।
अष्ट्रेलियाको सिड्नीमा आगामी अगस्ट १९ तारिकमा हुन लागेको ‘यायालु तीज मेला’का लागि नेपालबाट कलाकारहरु अष्ट्रेलिष्या पुगेका छन्।
हरेक वर्ष हरितालिका तीजको अवसर पारेर गर्दै आएको मायालु इन्टरटेन्मेडले यो वर्ष गायिका प्रिती आले, गायक प्रकाश सपुत, मोडल करिश्मा ढकाल लगायतका कलाकारलाई सहभागी गराउने भएको छ।
मेलामा सहभागी हुन् प्रिती, प्रकाश लगायतका कलाकार अष्ट्रेलिया पुगेका छन्।
वैदेशीक रोजगारी तथा अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुगेका युवाले सञ्चालन गरेको ‘मायालु इन्टरटेन्मेन्टले अन्य चाड पर्वका अवसरमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।
नेपाली रीतिरिवाजको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको आयोजक सस्थाले जनाएको छ।
यो वर्षको ‘मायालु तीज मेला’मा प्रती, प्रकाश, करिश्माका साथमा राजेन्द्र भट्ट तथा समिर आचार्यले पनि आफ्नो प्रस्तुती दिने छन्।
Shares
प्रतिक्रिया