अभिनेत्री पूजा शर्मा र आकाश शर्माको फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा पूजा र आकाश रोमान्टिक मुडमा देखिएका छन्।
सुदर्शन थापाले निर्देशन गरेको यो फिल्मको ‘हराएँ हराएँ’बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर सुन्न सकिन्छ। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा पूजा र आकाश रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।
सार्वजनिक गीत आनन्द अधिकारीले लेखेका हुन्। गीतमा संगीत ताराप्रकाश लिम्बुकै सुन्न सकिन्छ। संगीत संयोजन भने सहास शाक्यले गरेका छन्।
त्रिकोणात्मक प्रेम सम्बन्ध देखाइएको फिल्ममा पूजा र आकाशका साथमा सोनम तोप्देन, सरोज खनाल, धिरन शाक्य, गौरी मल्ल लगायतका कलाकारले अभिनय गरेका छन्। बलिउडका चर्चित गीत कभर गरेर आफूलाई चिनाएका सोनम तोप्देन यहि फिल्मबाट रजतपटमा डेब्यु गर्दैछन्।
बी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्ममा अमित बस्नेत, परी राना र अजितकुमार थापाले संयुक्त रुपमा लगानी गरेका छन्। महेश दवाडीको कथामा बनेको फिल्म सौरभ लामाले छायांकन तथा अर्जुन जिसीले सम्पादन गरेका हुन्।
फिल्म अगामी असोज १७ गते प्रदर्श गर्ने गरी प्रचारमा छ।
Shares
प्रतिक्रिया