नेपाली फिल्म ‘झिँगे दाउ’को ट्रेलर सार्वजनिक भएको छ। आगामी भदौ १७ गतेबाट रिलिजको तयारीमा रहेको फिल्मको ट्रेलरमा शिर्ष कलाकार केकी अधिकारी र आँचल शर्माको झगडा मुख्य रुपमा देखाइएको छ।
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्ममा केकी र आँचलका साथमा मुकुन भुषाल र कुशल बिष्ट शिर्ष भूमिकामा देखिने छन्।
फिल्ममा घरमा बुहारी भित्रिएपछि छोराहरुबिच कसरी झगडा सुरु हुन्छ? भनेर देखाउन खोजिएको छ। यो झगडाले परिवारमा आएको उतारचढाव नै फिल्मको मुख्य कथा हो।
प्रतिक देउजा र समिक्षा देउजाले लगानी गरेको फिल्ममा प्रदीप भारद्धाजको कथा र संवाद, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
यो फिल्म भीमनिधी तिवारीको चर्चित कृति ‘झिँगे दाउ’मा आधारित रहेर निर्माण गरिएको हो।
भिडिओ:
Shares
प्रतिक्रिया