कला


युवा संगीतकार राउतले ल्याए  ‘तिम्रो तस्बिर’, स्वरुपराजको स्वर (भिडिओ)

युवा संगीतकार राउतले ल्याए  ‘तिम्रो तस्बिर’, स्वरुपराजको स्वर (भिडिओ)

नेपालखबर
साउन १, २०७९ आइतबार १५:२, काठमाडौँ

नवगायक तथा सङ्गीतकार उमेश राउतले आफ्नो संगीत र उज्ज्वल हृदयको शब्दमा ‘तिम्रो तस्बिर’ बोलको गीत बजारमा ल्याएका छन्।  

भिडिओसहित सार्वजनिक भएको गीतमा लोकप्रिय गायक स्वरूपराज आचार्यको स्वर रहेको छ। 

टुटेको प्रेम कहानी बक्ने हृदयस्पर्शी गीत ‘उमेश राउत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

चोखो प्रेममा असत् प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले निम्त्याएको समस्यालाई यस गीतमा प्रस्तुत गरिएको छ।

प्रेम अनि बिछोडको विषय भए पनि त्यसलाई फरक किसिमले प्रस्तुत गरेर नेपाली गीतका श्रोता र दर्शकलाई फरक किसिमको स्वाद प्रस्तुत गरेको गीतकार उज्ज्वल बस्नेतले बताए। 

पाँच वर्षदेखि लाबोनी प्रमोदसँग सङ्गीतको शिक्षा लिँदै आएका सङ्गीतकार उमेश राउत पनि यो गीतबाट निकै आशावादी छन् ।

‘छोटो समयको लोकप्रियताभन्दा पनि आफ्नो रचना सदैव अमर रहोस् भन्ने उद्देश्यका साथ गीत तयार गरिएको हो’, राउतले भने।  

चर्चित मात्र नभएर नेपाली सङ्गीतमा छुट्टै उचाइ बनाउन सफल गायक स्वरुपराज आचार्य पनि नयाँ पुस्ताले यस्ता किसिमका सङ्गीतमा रुचि राख्नु निकै सकारात्मक रुपमा लिन्छन् ।

गीतका बारेमा बोल्दै उनले भने, ‘नेपाली सङ्गीतमा लोप हुँदै गएको रुपक तालको प्रयोग यस गीतको विशेष पहिचान हो, अझ अरेन्जमेन्टमा भएको एउटै गीतमा तीनवटा तालको प्रयोगले यस गीतको महत्व झनै बढेको छ ।’

कपनमा निर्माण गरिएको उक्त भिडियोमा गीता ढुंगाना र निराजन प्रधानको जीवन्त अभिनय देख्न सकिन्छ भने विशाल रेग्मी सानो भूमिकामा छन्। अहिलेका चर्चित निर्देशक अनुप चापागाईंले निर्देशन गरेको गीतको भिडियो समेत उत्कृष्ट बनेको छ ।

अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘तिम्रो तस्बिर’ अजयसिंह कार्कीले रेकर्ड गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

लाबोनी प्रमोदको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad