काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले फिल्मकर्मीलाई भेटेका छन्।
मंगलबार बिहान भएको भेटमा बालेनसँग फिल्मकर्मीले ३ विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन्। उनीहरुले मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषका विषयमा कुराकानी गरेका हुन्।
अशोक शर्माको नेतृत्वमा भएको छलफलमा मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम बृद्धि गर्नुपर्ने माग अघि सारेका छन्।
महानगरले अहिले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापनाको अनुमति दिएको छ। जसले गर्दा प्रचारप्रसारमा समस्या आएको भन्दै फिल्मकर्मीले त्यसतर्फ सहजीकरण गरिदिन बालेनसँग आग्रह गरेका छन्।
अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायतका कलाकार सहितको भेटमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषको रकम बृद्धिमा सघाउने विषयमा छलफल भएको छ।
मेयर शाहले आफू निर्वाचित भएसँगै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए। कलाकारले घोषणाअनुरुप मनोरञ्जन करमा छुट दिन माग गरेका छन्।
Shares

प्रतिक्रिया