ad ad

कला


‘सेल्फी किङ’को टिजर सार्वजनिक, यस्तो रुपमा देखिए विपिन (भिडियो)

‘सेल्फी किङ’को टिजर सार्वजनिक, यस्तो रुपमा देखिए विपिन (भिडियो)

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ८:५४,

अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक भएको छ।

मंगलबार सार्वजनिक गरिएको १ मिनेट २ सेकेन्ड लामो उक्त टिजरमा अभिनेता कार्कीलाई मात्रै देखाइएको छ।

आगामी माघ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सेल्फी किङ कमेडी जनरामा बनेको चलचित्र हो।

यसमा एउटा हास्यकालकारको कलायात्राका क्रममा आउने आरोह अवरोहलाई देखाइएको छ।

फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ। फिल्मको निर्देशन विशाल सापकोटाले गरेका छन्।

सेल्फी किङको फस्टलुक पोस्टर केही दिन अगाडि सार्वजनिक गरिएको थियो। पोस्टरको चर्चा सेलाउन नपाउँदै निर्माण युनिटले टिजर सार्वजनिक गरेको हो। फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ।

हेरौँ टिजर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .