कला


दुई महिनामा दर्जन फिल्मको लगानी डुब्यो

दुई महिनामा दर्जन फिल्मको लगानी डुब्यो

नेपालखबर
असार १४ , काठमाडौँ

गत वैशाखबाट हलमा एक दर्जन फिल्म रिलिज भए।

रिलिज भएका २ फिल्मले आफ्नो लगानी सुरक्षित गरे।

अन्य फिल्मका निर्माता उठ्नै नसक्ने गरी थला परे। उनीहरुका फिल्मले फिल्म प्रचारमा गरेको लगानी समेत उठाउन सकेनन्। 

वैशाख १ मा रिलिज भएको ‘ए मेरो हजुर ४’ले मुस्किलले लगानी उठायो। निर्माता सुनिलकुमार थापाले ‘केजीएफ २’सँग भिड्ने आँट देखाएकै कारण फिल्म लगानी उठाउन सफल देखियो।

विदेशी सिनेमासँग निर्माताहरु भागिरहेका बेला सुनिलले गरेको आँटको दर्शकले मान राखिदिए।

नेपाली फिल्मसँग अथवा एक्लै रिलिज भएको भए गत जेठ १३ गतेबाट रिलिज भएको ‘कबड्डी ४’ वर्षकै पहिलो ब्लकबस्टर फिल्म बन्यो।

घरेलु बक्स अफिसमा नेपाली फिल्मले बनाएका सबै रेकर्ड ब्रेक गरेको यो फिल्मले २२ करोडभन्दा धेरै ग्रस कलेक्सन गरिसकेको छ। यी दुई फिल्म बाहेक अन्य फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिए। 

मन्त्र, षटकोण, लक्का जवान, लाईफ इन एलए, चिसो मान्छे  घनचक्कर लगायतका फिल्मले निर्माता डुबाए। ‘चिसो मान्छे’को राम्रै चर्चा भइरहेपनि अपेक्षाकृत व्यापार गर्न सकेको छैन्।

आफ्नो फिल्मले दर्शक तान्न नसकेपछि फिल्मका निर्माता तथा निर्देशक दीपेन्द्र के. खनालले आफ्नो फिल्म सक्काउन मिडियाकर्मी हात धोएर लागेको भन्न भ्याए। लगानी सुनिश्चित गर्न नसके पनि समीक्षागत रुपमा ‘चिसो मान्छे’ चर्चामा छ। 

फिल्म प्रदर्शनको लाइनअपलाई हेर्दा कार्तिकसम्म निक्कै फिल्म प्रर्दशनको तयारीमा छन्।

कोरोनाका कारण थन्किएका फिल्मदेखि नयाँ फिल्मसम्म प्रचारमा छन्। तर सिमित फिल्मले मात्रै दर्शक तान्ने अपेक्षा गरिएको छ। 

गएको दुई महिनाको बक्स अफिसको कमाई हेर्ने हो भने पनि सिरिजले मात्रै दर्शकको विश्वास पाएको देखिन्छ। नयाँ ब्यानर नामका फिल्मले स्टार कलाकारको क्रेज समेत समात्न सकेको छैन्। दर्शकको उपस्थितिलाई हेर्दा निर्माताहरुले पनि नयाँमा जोखिम नमोल्ने देखिन्छ।

असार १४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.