बलिउड अभिनेता सलमान खान र उनका पिता सलिमलाई मार्ने धम्की आएको छ। यो धम्कीपछि मुम्बई प्रहरीले दुवैजनाको सुरक्षा बढाएको छ।
महाराष्ट्र होम डिपार्टमेन्टले धम्की आएपछि सुरक्षा बढाउँदै अनुसन्धान थालेको छ। मुम्बई क्राइम ब्रान्चको एक टोली सोमवार सलमानको घर 'ग्यालेक्सी अपार्टमेन्ट' पुगेको छ।
सलमानलाई मार्ने धम्कीसहितको पत्र आइतवार प्राप्त भएको थियो। यस मामिलमा बान्द्रा पुलिसले अज्ञात व्यक्तिविरुद्ध केश दर्ता गरेको छ।
बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनेडमा सलीम खानका गार्डलाई यो पत्र मिलेको हो। त्यो स्थानमा सलिम मर्निङ वाकपछि गएर बसेका थिए। उक्त पत्रमा सलिम खानलाई उनको हालत सिद्धु मुसेवाला जस्तो गरिदिने उल्लेख थियो।
यस चिठीमा जी. बी. र एल. बी. लेखिएको छ। जसअनुसार प्रहरीले सलमानलाई यो धम्की लरेन्स बिश्नोई ग्याङले दिएको अनुमान गरेको छ।
पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि मुम्बई पुलिसले पछिल्लो दिन सलमान खानको सुरक्षा बढाएको छ।
मुसेवालाको हत्यामा ग्याङस्टर लरेन्स बिश्नोईको नाम जोडिएको थियो। जसले सन् २००८ मा पनि सलमानको हत्या गर्ने धम्की दिइसकेको छ। यही कारण सलमानको सुरक्षा बढाइएको हो।
Shares

प्रतिक्रिया