कला


रेखा थापाले खोलिन् गुपचुप विवाह गर्नुको कारण

रेखा थापाले खोलिन् गुपचुप विवाह गर्नुको कारण

नेपालखबर
जेठ १९, २०७९ बिहिबार ७:१२, काठमाडौँ

पछिल्लो समय नेपाली अभिनेत्रीको गुपचुप विवाहले निक्कै चर्चा पायो।

अभिनेत्री केकी अधिकारी, वर्षा शिवाकोटी तथा रेखा थापाको विवाह चर्चाको केन्द्रमा रह्यो। तथापि उनीहरुले आफ्ना मिल्ने साथीहरुलाई पनि थाहा नदिइ विवाह गरेका थिए। 

विवाहअघि रेखाले सामान्य विवाह गर्ने बताउँदै आएकी थिइन। अर्की अभिनेत्री केकीले पनि विवाहपछि मात्रै आफन्तलाई जानकारी दिने जनाउँदै आएकी थिइन्। केकी र वर्षाले आफ्नो गुपचुप विवाहका बारेमा बोलेका छैनन्। रेखाले भने आफूले गुपचुप विवाह गर्नुको कारण खुलाएकी छिन्।

कानूनी रुपमा साधारण शैलीमा विवाह गरेकी रेखाले आफू समाज परिवर्तनको क्रान्तिमा हिँडेकाले विवाह पनि सामान्य तरिकाले गरेको बताइन्।

उनले कलाकार भइसकेपछि हरेक कुरा सोचेर गर्नु पर्ने समेत बताएकी छिन्। रेखा भन्छिन् ‘यदि युवती भएको घरमा मेरो सिको गरेर मेरो जस्तै विवाह गर्छु भनिन् तर उनको परिवारले सकेन भने के हुन्छ? छोरी भएको घरको पीडा मैले बुझेको छु। यसैले मैले काम गर्दा समाजलाई सकारात्मक बाटोमा डोर्‍याउन आवश्यक छ।’

रेखाले विवाहले दुई परिवारबीचको सम्बन्ध जोड्ने काम गर्ने भएकाले तामझाम गरेर सबैलाई देखाउनु पर्ने जरुरी नभएको तर्क गरिन्।

जुन परिवारसँग आफ्नो सम्बन्ध बन्ने हो ती दुवै परिवारका अभिभावकलाई अदालतमा साक्षी राखेर कानूनी विवाह गरेको बताउँदै रेखाले त्यसपछि पनि आफूलाई सकारात्मक शुभकामना आएको भन्दै खुशी व्यक्त गरिन्। 

विवाह नगर्ने सोचमा रहेकी रेखाले समाज र परिवारको नियम तोड्न नसकेको बताइन्। उनले विवाहपछि आफूलाई सकारात्मक उर्जा र शक्ति मिलेको बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad