स्थानीय चुनाव नजिकिदै गर्दा अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गरिन्।
पार्टी प्रवेश गरेसँगै चर्चामा आएकी करिश्माको स्थानीय निर्वाचन ताका भने कुनै पनि चर्चा भएन। मत गणना जारी रहदा पनि करिश्मा कता के गर्दै थिइन् कसैलाई पत्तो भएन।
निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै करिश्मा पुनः चर्चामा आएकी छिन्। यस पटक उनको चर्चा सकारात्मक कोणबाट हुन सकेन।
विशेषगरी स्थानीय निर्वाचनमा एमालले पराजय भोगेपछि सामाजिक सञ्जालमा यसको अपजस करिश्मालाई दिने काम भयो।
केही अनलाईनले त ‘करिश्माले पार्टी प्रवेश गरेसँगै एमाले पत्तासाप’ भन्ने खालका समाचार प्रकाशन गरे। जसले करिश्मालाई नमज्जाले विझाएको छ। उनले आफ्नो व्यक्तित्वमा आँच आएको भन्दै कानूनी उपचार खोज्ने बताएकी छिन्।
करिश्माले भनेकी छिन्, ‘म सधैं दर्शकको प्रतिक्रिया हरेर अगाडी बढ्ने मान्छे हुँ। फिल्म क्षेत्रमा लागेको ४ दशक भयो। मैले यो क्षेत्रमा जुन स्थान बनाए, त्यो सजिलै बनाएको होइन। उक्त स्थान र व्यक्तित्वलाई नै आँच पुर्याउने गरी प्रतिकृया दिन पाइदैन।’
उनले कसैलाई मानसिक रुपमा पीडा दिन नपाइने बताएकी छिन्। लेखिएका कतिपय शब्द आफूलाई पनि थाहा नभएको भन्दै साइबर ब्यूरोमा गएर नै बुझ्ने उनको भनाई छ।
Shares
प्रतिक्रिया