कला


छोरीको जन्मदिनमा नयाँ पुस्तक

छोरीको जन्मदिनमा नयाँ पुस्तक

नेपालखबर
जेठ १३ , काठमाडौँ

नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए ।

गत बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे। स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो। 

अमोर सेवा नेपालले अभिभावकविहीन बालबालिकालाई आश्रय दिँदै आएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत आवाज उठाउँदै आएको जनाए । अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिवद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरे। 

सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेखरचना प्रकाशन गरेकोसमेत स्मरण गरे । उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिवद्धतासमेत गरे । 

फेदीखोला १ का वडाध्यक्ष अमृत क्षेत्रीले अनावश्यक खर्च कटौती गरी मानवीय सहायता गर्ने खालका संस्थालाई सघाउने परिपाटीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे। 

अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले आश्रयविहीन बालबालिकालाई आश्रय दिएर सरकारले गर्नुपर्ने काममा सरकारी निकायबाट उचित सहयोगको अपेक्षा गरिन् । 
उनले गाउँपालिका, प्रदेश र संघ सरकारबाट पूर्वाधार निर्माण, बालबालिकाको पठनपाठन लगायत अन्य कार्यका लागि भरपर्दो सहयोग हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अमोर सेवा नेपाली अमृता गुरुङले पनि बोलेकी थिइन् । 

‘साइकल’ सुरजको तेस्रो कृति हो । यसअघि उनको एक गजल संग्रह र चिल उड्यो आकासमा बाल कविता संग्रह प्रकाशन भइसकेका छन् । बालमनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत् चेतना पनि सँगसँगै भर्छन्।

जेठ १३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad