ad ad

कला


अनुप बरालको ‘दोख’ असारमा

अनुप बरालको ‘दोख’ असारमा

नेपालखबर
जेठ १२, २०७९ बिहिबार ११:५४, काठमाडौँ

निर्देशक अनुप बरालको चलचित्र ‘दोख’को पहिलो पोस्टर सार्वजनिक भएको छ।

पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। यो चलचित्र आगामी असार २४ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। 

चलचित्र ‘दोख’ले सामुदायिक बनको मुद्दालाई लिएर २ गाउँबीच हुने किचलोलाई प्रस्तुत गर्नेछ। तर, चलचित्रको कथा भने माओवादी युद्धकै कालखण्डको वरिपरी घुमेको छ। 

मनोज अधिकारीले निर्माण गरेको चलचित्र शैलेन्द्र डी कार्कीले छायांकन गरेका हुन्।  निमेष श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई राजन कटैतले लेखेका छन्।

चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .