टाइगरले अहिलेसम्म जति चलचित्रमा काम गरेका छन्। दर्शकले नृत्य र एक्सन दुवै हेर्न पाएका छन्।
भारतीय संचारमाध्यमका अनुसार उनीसँगका समकालिन कलाकारले उनको जत्तिको राम्रो नृत्य र एक्सन सिन गर्न सक्दैनन्।
हालै उनले बाघी–३ चलचित्रको एक एक्सन सुटिङ सम्पन्न गरेका छन्। तर उक्त फाइट सिनमा उनी घाइते भए।
यतिबेला भने उनी ठिक भइसकेका छन्। टाइगरले इन्स्टामा एक फोटो पोस्टगर्दै आफू सुटिङका क्रममा घाइते भएको जानकारी दिएका हुन्।

प्रतिक्रिया