नेपाली फिल्म हल्काराले अमेरिकामा दुई अवार्ड जितेको छ। अमेरिकाको टेक्सासमा आयोजित ‘ह्युस्टन फिल्म फेस्टिभल’ यो फिल्मले ‘प्लाटिनम रेमी अवार्ड’ र ‘गोल्ड रेमी अवार्ड’ हात पारेको हो।
विक्रम सापकोटाको निर्देशन रहेको चलचित्रका लागि प्रदान गरिएको ‘प्लाटिनम रेमी अवार्ड’ निर्देशक र ‘गोल्ड रेमी अवार्ड’ छायांकार चिन्तनराज भण्डारीलाई प्रदान गरिएको हो।
गत २० देखि २४ तारिखसम्म आयोजित फेस्टिभलमा यही फिल्मबाट अभिनेता महेश त्रिपाठी पनि मनोनयनमा परेका थिए। यो फिल्मले बनमा अकस्मात आइपर्ने घटना र मानिसको संघर्षको कथा प्रस्तुत गरिएको छ। फिल्ममा महेशसँग बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्म कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन्। फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ। इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यले आयोजित फेस्टिभलमा यो वर्ष विश्वका ३० फिचर र ६० लघु फिल्म सहभागी थिए।
Shares

प्रतिक्रिया