अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले गत साता एक दिनको फरकमा विवाह गरे। अघिल्लो दिन केकी र पछिल्लो दिन वर्षाको विवाह भयो। दुवै अभिनेत्रीको बिहे निक्कै गोप्य तरिकाबाट भएको थियो। दुवैले आफ्ना मिल्ने साथीलाई पनि विवाहमा बोलाएनन्।
केकीले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् भने वर्षाले अमेरिकामा बस्ने इन्जिनियर आशिष गेलालसँग।
केकीले विवाहको साँझ आफू दुलही भएको फोटो सामाजिक सन्जालमा राखेपनी वषाले भने दुलही भएको फोटो अझै सार्वजनिक गरेकी छैनन्।यी दुवै अभिनेत्री मेहन्दीका तस्बिरहरु किस्ता किस्तामा सार्वजनिक गरिरहेका छन्।







876
Shares

प्रतिक्रिया