कला


सिंगापुरमा चार नेपाली सम्मानित

सिंगापुरमा चार नेपाली सम्मानित

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ९:२,

सिंगापुरमा सम्पन्न भएको छैठौँ अन्तर्राष्ट्रिय गोल्डेन ब्रान्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन्।

विभिन्न ३० राष्ट्र आएको २५ विधाबाट करिब ४ सय वटा नोमिनेसनमा नेपालबाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए। जसमा चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेन्ट डाइरेक्टर निशु कान्त झालाई सम्मानित भएका हुन्।

उनीहरुलाई एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजले सम्मान गरेका थिए।

त्यसैगरि महिलातर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालबाट युवा व्यवसायी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भए।

सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तर्राष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो।

छैठौँ अन्तर्राष्ट्रिय गोल्डेन ब्रान्ड अवार्ड २०१९ मा सम्मानित हुन सफल नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा कोरियोग्राफीमार्फत ख्याती बटुलेका चर्चित फेसन कोरियोग्राफर आस्विनी कान्त झाले करिब २५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनी ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक सदस्य समेत हुन्।

उनले सौन्दर्य प्रतियोगिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो। त्यसैगरी रिवन इन्टरटेनमेन्ट मार्फत नेपालमा विभिन्न उमेर समूहका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका निशुकान्त झा बिगत लामो समयदेखि पेजेन्ट निर्देशनमा लागिपरेका व्यक्तित्व हुन्। राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएका झा विवाहित महिलाहरुका लागि गरिएको सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलका आयोजक हुन्। झा ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक महासचिव समेत रहेका छन्।

त्यसैगरी लेडी अफ एक्सिलेन्स अवार्ड जित्न सफल एलिजा महर्जन मिसेस नेपाल ग्ल्यामकी बिजेता हुन् भने उनी युवा व्यवसायी, समाजसेवीको रुपमा समेत परिचित छिन। महर्जन विभिन्न संघ सस्थामा समेत आबद्ध रहेर सक्रिय सामाजसेवामा लागिपरेकी व्यक्तित्व हुन्। त्यस्तै अर्को अवार्ड बिजेता सावित्री खत्री डान्स कोरियोग्राफी र चलचित्र निर्देशनमा सक्रिय छिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad