कला


दरबारमार्गमा खुल्यो ‘दरबार सिनेम्याक्स’ : ५० र ५३ सिटका दुई हल

दरबारमार्गमा खुल्यो ‘दरबार सिनेम्याक्स’ : ५० र ५३ सिटका दुई हल

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार ११:४७, काठमाडौँ

नयाँ वर्ष ०७९ को अवसर पारेर बिहीबारदेखि दरबारमार्गस्थित दरबारमलमा अत्याधुनिक सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल ‘दरबार सिनेम्याक्स’ सञ्चालनमा आएको छ। 

विगत अढाई दशकदेखि ग्वार्काेमा गुण सिनेमा हल सञ्चालन गरिरहेको गुण ग्रुपकै स्वामित्वको ‘दरबार सिनेम्याक्स’ को व्यवस्थापन भने क्युएफएक्सले गरेको छ। 

५० र ५३ सिट क्षमताका दुईटा हलमा अत्याधुनीक प्रबिधिका साउन्ड सिस्टम,फोल्डिङ सिट र स्क्रिन जडित छन्। 

‘दरबार सिनेम्याक्स’ का प्रबन्धनिर्देशक दीप्रश शाक्यले दर्शकले हलमा आफ्नो इच्छाअनुसार सिट फोल्ड गरेर फिल्म हेर्न पाउनुका साथै अर्डरअनुसार सिटमै खाना तथा वार सेवा समेत उपलब्ध रहेको जानकारी दिएका छन्। 

गुण ग्रुपका प्रमुख राजेन्द्र (दिजेन्द्र) शाक्य, प्रबन्धनिर्देशक दीप्रशलगायत शाक्य परिवारले पूजाआजा गरी हलको शुभारम्भ गरेका थिए। 

प्रबन्धनिर्देशक शाक्यले दर्शकको रुचि, सुरक्षा, गुणस्तरीय प्रविधि र सुविधालाई ध्यानमा राख्दै लक्जरियस हल सञ्चालनमा ल्याइएको बताए। 

‘ए मेरो हजुर–४’ र ‘केजीएफ–२’ बाट औपचारिक प्रदर्शन थालिएको पहिलो दिन बिहानको शोदेखि नै दुवै हल हाउसफूल भएको जानकारी उनले दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad