अभिनेता सलोन बस्नेतले नयाँ वर्षबाट नयाँ व्यवसाय सुरु गरेका छन्।
सलोनले ललितपुरको झम्सिखेलमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका छन्। बार सञ्चालनमा सलोनसँग रबिन कँडेलले सहकार्य गरेका छन्।
एक करोडभन्दा बढी लगानीमा सुरु भएको उक्त बारमा हरेक दिन लाइभ म्यूजिक हुनेछ । बारमा सफिक हप ब्यान्डले गीत गाउने छ।
बारमा इन्डियन, चाइनिज, कन्टिनेन्टल सबै प्रकारका खानाका परिकार पाइने सलोनले बताए।
१५० जनाको क्षमता रहेको बारमा मिटिङ हल, सभा हलको पनि सुविधा छ।
75
Shares

प्रतिक्रिया