अभिनेत्री सुष्मा कार्कीले सामाजिक सञ्जालबाट पूर्ण रुपमा टाढा हुने निर्णय गरेकी छिन्।
उनले आफ्नो फेसबुक पेजमा अपलोड भएका सबै तस्बीरहरु डिलेट गरेकी छिन्।
सुष्माले ९ लाख बढी लाइक भएको फेसबुक पेज बिक्री गरेकी हुन्। उनको फेसबुक पेज र युजरनेम परिवर्तन भैसकेको छ।
सामाजिक सञ्जालमा नेगेटिभ कमेन्ट असाध्यै धेरै आएका कारण पेज अरुलाई दिएको सुष्माको तर्क छ।
सुष्मा भन्छिन्, ‘म पूर्णरुपमा सामाजिक सञ्जालबाट बाहिर टाढा भएको छु।’
सुष्माले आफ्नो इन्स्टाग्रामबाट पनि सबै तस्बिर हटाएकी छन्। इन्स्टामा भने उनको भेरिफाइड एकाउन्ट कायम नै छ।
954
Shares

प्रतिक्रिया