कला


‘सत्यता’ पर्दाफासको धम्की दिने सोमी र सलमानबीच ‘ऐश्वर्याका कारण’ ब्रेकअप भयो

‘सत्यता’ पर्दाफासको धम्की दिने सोमी र सलमानबीच ‘ऐश्वर्याका कारण’ ब्रेकअप भयो

फाइल तस्बिर : सलमान खान र उनकी पूर्वप्रेमिका सोमी अली


नेपालखबर
चैत १७, २०७८ बिहिबार १४:४४, काठमाडौँ

बलिउड अभिनेता सलमान खानलाई उनकी पूर्वप्रेमिका सोमी अलीले एक दिन ‘सत्यता’ पर्दाफास गरिदिने भनेर दिएको धम्की अहिले चर्चामा छ। 

सलमानलाई एक पूर्वप्रेमिकाको चेतावनी : एक दिन तिम्रो पनि पर्दाफास हुनेछ

सलमानलाई धेरै महिलाको यौन शोषण गरेको कसुरमा २३ वर्ष कैद सजाय सुनाइएका हलिउडका चर्चित निर्माता हार्वी विनस्टिनजस्तै भनेर आरोप लगाएकी सोमी र उनीबीच कहिले प्रेम भएको थियो, कसरी टुट्यो? जिज्ञासा लाग्न सक्छ।  

ऐश्वर्याका कारण सलमान–सोमीको ब्रेकअप भयो
एक पुरानो अन्तर्वार्तामा सलमानसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै सोमीले भनेकी छन्, ‘सलमान मेरो पहिलो प्रेमी थिए। तर बीचमा ऐश्वर्या राय आइन् र हाम्रो सम्बन्ध टुट्यो। किशोरावस्थामा मलाई सलमानप्रति क्रस थियो। यो क्रसले मलाई फ्लोरिडाबाट भारत ल्यायो। मैले सलमानसँग बिहे गर्नकै लागि फिल्ममा काम थालेको थिएँ।’ 

सोमीका अनुसार १९९७ मा सलमान ‘हम दिल दे चुके सनम’को सेटमा ऐश्वर्या रायसँग नजिक भए र उनीसँग टाढिए। 

सलमान–सोमीबीच ८ वर्ष प्रेम
सन् १९९१ देखि १९९७ को बीचमा सोमीले आन्ट,,किशन, अवतार, तीसरा कौन, आन्दोलन, अग्निचक्रजस्ता करिब करिब १० फिल्म र केही विज्ञापनमा काम गरिन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार सोमीले सलमानलाई स्टुडिओमा भेटेकी थिइन्। सोमी सलमानसँग झन्डै ८ वर्षसम्म रिलेसनमा रहिन्। उनीहरूले फिल्म ‘बुलन्द’ मा सँगै काम गरेका थिए, जुन अहिलेसम्म रिलिज हुन सकेको छैन। फिल्मको ८० प्रतिशत छायांकन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad