प्रकाश सपुतको ‘पिर’ गीतको भिडिओमा रहेको विवादित दृश्य काटिएको छ।
माओवादीका पूर्वलडाकु महिला देह व्यापारमा संलग्न भएको दृश्य काटेर शनिबार युट्युबमा पुनः अपलोड गरिएको हो।
त्यो दृश्यले मुलुक परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेका महिलासहितका माओवादी लडाकु र जनयुद्धकै अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले व्यापक विरोध गरेका थिए।
‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहनेजस्तो भयो’, नयाँ भिडिओ अपलोड गरेपछि प्रकाशले भनेका छन्, ‘त्यसैले कुनै दबाब/प्रभावले नभएर यो बीचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा–सर्जकहरूको सुझाव। लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडिओ रिअपलोड गरिएको छ।’
हेर्नुहोस् नयाँ भिडिओ–
Shares

प्रतिक्रिया