कला


‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक

‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक

नेपालखबर
फागुन २५, २०७८ बुधबार ११:५७, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक भएको छ।

अनमोल केसी र सुहाना थापाले शिर्ष स्थानमा रहेर अभिनय गरेको चलचित्रको ‘सुन्तला’बोलको गीत सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतमा बसन्त सापकोटाले संगीत गरेका छन्।

मेलिना राई र निशान भट्टराईले गाएको उक्त गीत संगीतकार सापकोटाले नै लेखेका हुन्। डान्सिङ बिटको गीतमा अनमोल र सुहानाका साथमा सलोन बस्नेतको अभिनय छ। 

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको छायांकन सञ्जय लामाले गरेका हुन्। आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र झरना थापाले निर्देशन गरेकी हुन्। 

भिडिओ-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad