कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि बन्द भएका सिनेमा हल आजबाट सञ्चालनमा आउँदैछन्।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट स्वास्थ्य मापदण्ड अपनाएर सिनेमा हलसहित मनोरञ्जनका क्षेत्र पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो।
सिनेमाहल सञ्चालन आउने भएपछि हल सञ्चालक र कलाकारहरु पनि उत्साहित भएका छन्।
आज पहिलो दिन काठमाडौं उपत्यकाका सिनेमा हलमा भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा प्रदर्शन हुँदैछन्।
18
Shares

प्रतिक्रिया