कला


‘आरआरआर’ले तोक्यो नयाँ प्रदर्शन मिति

‘आरआरआर’ले तोक्यो नयाँ प्रदर्शन मिति

नेपालखबर
माघ १९, २०७८ बुधबार ११:३२, काठमाडौँ

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नयाँ रिलिज डेट सार्वजनिक गरेको छ।

अब यो फिल्म २०२२ को मार्च २५ मा रिलिज हुने भएको छ। 

यसअघि सन् २०२२ जनवरी ७ लाई रिलिज मिति तोकिएको थियो। फिल्म युनिटले प्रचारमा ठूलो लगानी गरिरहेको थियो।

तर भारतमा कोरोनाको नयाँ लहर फैलिएसँगै सिनेमा हल बन्द भए। हल बन्दको खबर सँगै फिल्म रिलिज स्थगित गरिएको थियो। 

फिल्म रिलिज मितिलाई लिएर पटक पटक छलफल भएको छ। मार्च १८ वा अप्रिल २८ लाई प्रदर्शन मिति लिन निर्माता निर्देशक लागि परेका थिए । अन्तत: फिल्म मार्च २५ मा रिलिज हुने भएको छ। 

मार्च १८ मा अक्षयकुमारको ‘बच्चन पाण्डे’ र २८ अप्रिलमा अजय देवगनको ‘रनवे ३४’ रिलिज हुने भएपछि यी दुबै मिति छलेर ‘आरआरआर’ मार्च २५ मा रिलिज हुने भएको हो। 

एसएस राजामौलीले निर्देशन गरेको यो फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्म हिन्दी, तामिल, तेलुगू, मलयालम र कन्नडमा पनि रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad