कला


ऋतिकसँग राति रेस्टुरेन्टमा हात समातेर हिँड्ने यी केटी को हुन्? (भिडिओ)

ऋतिकसँग राति रेस्टुरेन्टमा हात समातेर हिँड्ने यी केटी को हुन्? (भिडिओ)

नेपालखबर
माघ १५, २०७८ शनिबार १५:१३, काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशन शुक्रबार (जनवरी २८) राति मुम्बईको एक रेस्टुरेन्ट बाहिर देखिए। उनी रेस्टुरेन्टबाट बाहिर निस्कँदा सँगै एक जना युवती पनि देखिइन्। ऋतिकले ती युवतीको हात समातेर आफ्नो कार भित्र बसाइरहेका थिए।

यस क्रममा अभिनेता ऋाितकसँगै ती केटीले पनि अनुहारमा मास्क लगाएकी थिइन्, जसले गर्दा यो केटी को हो भनेर कसैले थाहा पाउन सकेनन्। 

सामाजिक सञ्जालमा डेटिङको चर्चा  
ऋतिकसँग त्यो केटीको भिडिओ भाइरल भएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ती केटी को हुन् भनेर जान्न आतुर छन्।

कतिपय प्रयोगकर्ताहरूले यो केटीलाई अभिनेताले डेट गरिरहेको हुनसक्ने अनुमान पनि गरेका छन्।

भिडिओ हेरेपछि एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘ऋतिक फेरि डेट गर्दै छन्?’ 

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यो को हो?

अर्काले पनि सोधेका छन्, ‘ऋतिक सरसँगकी ती युवती को हुन्?’​

हेर्नुहोस् ऋतिकले हात समाएर कारमा चढाएकी युवतीको भिडिओ–

ऋतिकले सन् २०१४ मा सम्बन्धविच्छेद गरेका थिए
ऋतिकले सम्बन्धविच्छेद गरिसकेका छन्। सन् २००० मा उनले सुजैन खानसँग विवाह गरे। सोही वर्ष ऋतिकले फिल्म ‘कहो ना प्यार है।’ बाट बलिउडमा डेब्यु गरेका थिए।

उनीहरू सन् २००६ मा रिहान र २००८ मा रिदानका अभिभावक बनेका थिए। तर दम्पतीको सम्बन्ध अगाडि बढ्न सकेन। उनीहरू  ३१ अक्टोबर २०१४ मा अलग भए र १७ वर्ष लामो सम्बन्ध अन्त्य गरे।

सम्बन्धविच्छेदपछि पनि ऋतिक र सुजैनको सम्बन्ध राम्रो छ। उनीहरू प्रायः एकअर्काका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्छन् र छोराछोरीलाई सहपालन गरिरहेका छन्।

फाइल तस्बिर : पूर्वपत्नी र दुई छोराका साथ ऋतिक।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad