कला


प्रियंका–निकले आफ्ना सन्तानका लागि किनेको त्यो चर्चित महँगो घर (तस्बिरहरू)

प्रियंका–निकले आफ्ना सन्तानका लागि किनेको त्यो चर्चित महँगो घर (तस्बिरहरू)

नेपालखबर
माघ १४, २०७८ शुक्रबार ६:१३, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास हालै छोरीका आमाबुबा बनेका छन्। सरोगेसीमार्फत उनीहरूले घरमा पहिलो सन्तान भित्र्याएका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेखि सन्तानको योजना बनाइरहेका थिए भने त्यसअन्तर्गत एउटा सुविधासम्पन्न घर बनाउने तयारी गरिरहेका थिए। 

आफ्ना सन्तानका लागि भनेर अमेरिकिाको लसएन्जल्समा उनीहरूले किनेको त्यो महँगो घरको अहिले निकै चर्चा छ। दुई वर्षअगाडि किनेको उक्त घरको मूल्य २ करोड डलरभन्दा बढी पर्ने बताइएको छ। जुन घरमा सातवटा सुत्ने कोठा, ११ वटा बाथरुम र बाहिर पनि ठूलो खाली ठाउँ छ। 

किनिसकेपछि उनीहरूले घरमा थुप्रै कुरा सुविधा पछि थपेका हुन्। यसका लागि उनीहरूले महिनौं समय दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

हेर्नुहोस् प्रियंका–निकको घरका तस्बिरहरू​

यो पनि :

प्रियंका सरोगेसीबाट आमा बन्नासाथ ‘रेडिमेड बेबी’ भनेपछि तसलिमाले खाइन् धेरै गाली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad