बलिउड अभिनेत्री प्रियंका चोपडा भर्खरै सेरोगेसी मार्फत आमा बनेकी छिन्।
आमा बनेपछि उनले विभिन्न खाले टिप्पणीको सामना गरिरहेकी छिन्। धेरैले त उनको करिअर नै ओरालो लाग्ने बताएका छन्।
प्रियंकाले पनि आमा बनेसँगै साइन गरेको प्रोजेक्टबाट पछि हट्न सुरु गरेकी छिन्। उनले यो क्रम फिल्म ‘जी ले जरा’बाट सुरु गरेकी छिन्।
निर्माता फरहान अख्तर र रितेश सिधवानीले निर्माण गर्न लागेको चलचित्रमा प्रियंका अनुबन्धित भएकी थिइन्। उनले फिल्मका निर्मातालाई आफ्नो ठाउँमा अर्की अभिनेत्री राख्न अनुरोध गरिसकेकी छिन्।
सय करोड बढीको लगानीमा निर्माण हुने तयारीमा रहेको फिल्मबाट प्रियंका पछि हटेकी हुन्। यो फिल्ममा प्रियंकासँगै कटरिना कैफ र आलिया भट्टले पनि अभिनय गर्दै थिए।
सडक यात्राको कथामा बन्न लागेको फिल्मबाट अलग्गिएर प्रियंकाले सम्पूर्ण समय आफ्नो बच्चालाई दिने निर्णय गरेको सुनाएकी छिन्।
निर्माणको संघारमा रहेको फिल्मबाट प्रियंकाले हात झिकेपछि उनको ठाउँमा कसलाई राख्ने भनेर निर्माण पक्ष तनावमा परेको छ।
Shares

प्रतिक्रिया