कारोबार


अनलाइनबाट डलर कारोबार गर्ने खड्का परिवारविरुद्ध साढे ३७ करोड बिगो दाबीसहित मुद्दा

अनलाइनबाट डलर कारोबार गर्ने खड्का परिवारविरुद्ध साढे ३७ करोड बिगो दाबीसहित मुद्दा

नेपालखबर
माघ ११, २०७८ मंगलबार १४:५२, काठमाडौँ

अनलाइनबाट डलर कारोबार गर्ने दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ।  

राजस्व अनुसन्धान विभागले अवैध रुपमा अनलाइनबाट डलरको कारोबार गर्दै आएको फेला पारेपछि आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ। 

कैलालीको लम्किचुहा नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालो पुल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का तथा बुवा नर बहादुर खड्का र दिनेश खड्काकी केटी साथी अनिता धितालले अवैध रुपमा अनलाइनबाट डलर कारोबार गरेको भेटिएको विभागले जनाएको छ।  

दिनेश खड्का, भगवती खड्का, नर बहादुर खड्काको बयानको आधारमा उनीहरुले ई-स्क्रील र वाइनान्स नामक मोबाइल एपको प्रयोग गर्दै ठूलो रकमको डलर कारोबार गरेको विभागको अनुसन्धानले देखाएको छ। यी एपको प्रयोग गर्दै डलर सटही कारोबार गर्ने गरेको देखिएको हो। 

भिन्न बैंकका बैंक स्टेटमेन्टहरु, बरामदित मोबाइलमा प्राप्त मिसिल संलग्न डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट दुई एपमार्फत कारोबार गर्ने गरेको भेटिएको विभागले जनाएको छ। 

दुई एप मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी दिनेश खड्काले ग्लोबल बैंकबाट ९ करोड ७९ लाख ९८ हजार पाँचसय ८१ रुपैयाँको कारोबार, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ करोड ७७ लाख ६ हजार आठसय २६ रुपैयाँको बारोबार, भगवती खड्काको एनआईसी एशिया बैंक बाट २० करोड ४२ लाख ९४ हजार पाँच सय २६ रुपैयाँको कारोबार र नर बहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ गरी कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय दाबी गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ। 

यस्तो कारोबार कानुन विपरित रहेको भन्ने राष्ट्र बैंकबाट समेत पुष्टि भएको विभागले जनाएको छ। जस अनुसार मुख्य प्रतिवादी दिनेश खड्कालाई ३ वर्षको कैद सजाय समेत माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad