ad ad

कला


‘द घोस्ट’बाट निकालिइन् ज्याकलिन

‘द घोस्ट’बाट निकालिइन् ज्याकलिन

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ११:१७, काठमाडौँ

पछिल्ला केही महिनायता अभिनेत्री ज्याकलिन फर्नान्डेज तनावमा छिन्। उनी २ सय करोड भारु सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि तनावमा परेकी हुन्।

यो मुद्दामा मुछिएपछि ज्याकलिनले विभिन्न समस्या झेल्दै आएकी छिन्। केही समयअघि मात्रै दुबई जान लाग्दा मुम्बई अदालतले विमानस्थलबाटै फर्काइएको थियो। 

निरन्तर विबादमा आएपछि ज्याकलिनलाई एक साउथ चलचित्रबाट पनि निकालिएको छ। उनलाई चलचित्र ‘द घोस्ट’बाट निकालिएको हो। सम्पत्ति शुद्धीकरणको मुद्दाका साथै प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्बिर बाहिरिएपछि फिल्म युनिटले उक्त चलचित्रबाट निकालेको हो।

प्रेमीसँगको तस्बिर बाहिरिएपछि ज्याकलिनलाई अन्य चलचित्रबाट पनि अफर आउन छोडेको बताइएको छ।

‘द घोस्ट’ युनिटले ज्याकलिनको ठाउँमा सोनल चौहानलाई लिएको छ। यो फिल्ममा अब साउथ स्टार नागार्जुनका साथमा सोनलले मुख्य भूमिकामा अभिनय गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .