ad ad

कला


शिल्पाको रिट सर्वोच्चद्वारा खारेज

शिल्पाको रिट सर्वोच्चद्वारा खारेज

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १०:५०,

अभिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णय विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

बहुबिवाह मुद्दामा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उच्च हुँदै सर्वोच्च पुगेकी शिल्पाको रिट मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।

जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो। बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला अदालतले पुर्जी जारी गरेपछि अभिनेत्री पोखरेल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिइन्।

जिल्ला अदालत काठमाडौंले बहु–विवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरेको थियो।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्। उच्च अदालतमा उनले आफू विरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन्।

शिल्पाको उक्त निवेदनमा साउन २४ गते भएको सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको आदेश रोक्न आदेश दिन अस्वीकार गरेको थियो।
उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।

शिल्पाले २०७६साउन २९ गते रिट हालेकी थिइन्। उक्त रिटमा सुनुवाई गर्दै भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशपछि शिल्पा खुल्ला रुपमा हिड्न पाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .