ad ad

कला


‘ए मेरो हजुर–४’मा अनमोल र सुहानाको रोमान्स र बिछोडको कथा

‘ए मेरो हजुर–४’मा अनमोल र सुहानाको रोमान्स र बिछोडको कथा

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार ११:२९, काठमाडौँ

कोरोना महामारीको अन्योलका बीच नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले प्रदर्शन मिति तय गरेको छ।

चलचित्र टिजर सार्वजनिक गर्दै फिल्म युनिटले प्रदर्शन मिति पक्का गरेको हो। 

आउँदो वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मको टिजरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई देख्न सकिन्छ।

टिजरमा अनमोल र सुहानाको प्रेम, रोमान्स र बिछोडको कथा प्रस्तुत गरिएको छ। 

ब्लकबस्टर सिरिज ‘ए मेरो हजुरको’को चौथो सिरिजमा आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्री निकै राम्रो देखिएको छ। सुनिलकुमार थापाले निर्माण गरेको यो चलचित्र झरना थापाले निर्देशन गरेकी हुन्। 

यसअघि चैत २५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म युनिटले एक साता स्थगित गर्दै वैशाख १ गतेलाई प्रदर्शन मिति पक्का गरेको हो। यो चलचित्र फिल्म उद्योगले आशा गरेको चलचित्र हो।

भिडिओ- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .