नेपाली कथानक चलचित्र ‘काँडेतार’को छायांकन सकिएको छ। नवल खड्काको निर्माण तथा निर्देशनमा बनेको ‘काँडेतार’को कार्यकारी निर्माता गायिका सत्यकला राई हुन्।
चलचित्र ‘काँडेतार’ले सिमानाको कथा भन्ने निर्देशक खड्काले बताए। उनले भने, ‘चलचित्रमा सिमानाका नागरिक र भूमीको संरक्षण गर्दै असल छिमेकीसँगको सद्भाव कायम राख्न सकिन्छ भन्ने कथा भन्ने प्रयास गरेको छु।’
चलचित्र ‘काँडेतार’मा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बुलगायत कलाकारले अभिनय गरेका छन्।
चलचित्रको कथा लेखनमा निर्देशक खड्काले शिवम् अधिकारीसँग सहकार्य गरेका छन्। सौरभ लामाले छायांकन गरेको ‘काँडेतार’मा श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराको नृत्य रहनेछ।
चलचित्रमा मणि थापा र दीपक शर्माको संगीत छ।
Shares

प्रतिक्रिया