काठमाडौंको काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान गरेको छ।
आफ्नो १४ औं वार्षिक उत्सवका अवसरमा शनिबार सो संस्थाले अग्रज अभिनेत्री मानन्धरलाई विशेष सम्मान गर्दै वार्षिक उत्सव मनाएको हो।
कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो।
सम्मानित व्यक्तिव्व मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफूहरुलाई सुन्दरताको महत्व अति हुने गरेको बताइन्। पछिल्लो समय आफू पनि रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि आफ्नो सुन्दतामा निखार आएको उनले सो कार्यक्रममा जानकारी गराइन्।
करिश्माले आफूहरु चलचित्रमा आउँदा त्यतिबेला सुविधा सम्पन्न व्युटीपार्लर र गुणस्तर युक्त कस्मेटिकको निकै अभाव रहेको सुनाइन्। तर अहिले खुलेका रश्मिलाज फेसियल हाउस जस्ता व्यटीपार्लरले हजारौं ग्रहकलाई सुन्दर बनाएको उनको भनाई थियो।
रश्मिलाज फेसियल हाउसलाई १४ औं वार्षिक उत्सवको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारीलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उधोगको रुपमा सेवा गरेको छ भनिन्।
यस्तै, अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटीपार्लरहरुमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए। उनले पनि आफू लामो समयदेखि रश्मिलाज फेसियल हाउसमा जोडिएको बताउँदै रश्मिलाज फेसियल हाउसलाई अझ धेरै सफलताको कामना दिए।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताइन्। यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफूहरुले मासिक रुपमा हजारौं कस्टमरलाई सौन्दर्य सम्वन्धि पूर्ण सेवा दिन सकेको बताइन।
रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले विशेषतासँगै यसको आगामी योजनाबारे कार्यक्रममा जानकारी गराए ।
Shares

प्रतिक्रिया