कोरोना कालमा थुप्रै स्टार कलाकार म्युजिक भिडियोमा देखिए। फिल्म निर्माण हुन नसकिरहेका बेला निर्माण भएका म्युजिक भिडियोमा राजेश हमालदेखि करिश्मा मानन्धरसम्म देखिए।
उनीहरुले दर्शकसँगको अन्तर पूरा गर्न पनि म्युजिक भिडियोमा अभिनय गरेको बताए।
अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ता सम्मका कलाकार म्युजिक भिडियोमा देखिँदा अभिनेता अनमोल केसी भने म्युजिक भिडियोमा देखिएनन्। उनै अनमोलले बुधबार नेपालमा म्युजिक भिडियोको सुरुवात आफ्नो बुवा भुवन केसीले गरेको बताएका छन् ।
चलचित्रका गीत बाहेर कुनै पनि म्यूजिक भिडियोमा अभिनय नगरेका अनमोलले म्यूजिक भिडियो जरुरी नभएको बताएका छन। उनले भने, ‘म म्युजिक भिडियोलाई राम्रो मान्छु। तर, फिल्ममा ४/५ वटा गीत हुने भएकोले म्युजिक भिडियोमा काम गर्नुपर्छ भन्ने लाग्दैन।’
अनमोलले नेपाल र अष्ट्रेलियामा रहेको एम्पायर एजुकेसनको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएपछि सोही कार्यक्रममा बोल्ने क्रममा उक्त कुरा बताएका हुन।
ऐम्पायरसँगको सम्झौतापछि अनमोलले विदेश जाने कुरा नराम्रो नभएको समेत बताएका छन्। तर विदेश गएर सिकेको ज्ञानलाई नेपाल फर्किएर उपयोग गर्न सबैलाई आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया