कला


नेपाली चलचित्र बजार विस्तारको लागि ग्रामीण चलचित्र महोत्सव हुने

नेपाली चलचित्र बजार विस्तारको लागि ग्रामीण चलचित्र महोत्सव हुने

नेपालखबर
पुस ७, २०७८ बुधबार ११:३७, काठमाडौँ

नेपाली चलचित्रलाई ग्रामीण बजारमा लैजाने उद्देश्यसहित ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। यो महोत्सव माघको अन्तिम साता हुने महोत्सव संयोजक रघुनाथ सापकोटाले बताए। 
३ दिनसम्म चल्ने महोत्सव कहाँ गर्ने भन्नेबारे निधो हुन भने बाँकी छ। 

सापकोटाका अनुसार अहिले महोत्सव गर्ने स्थानका बारेमा छलफल चलिरहेको छ।  महोत्सवको आयोजना सेलिब्रेटी नेपालले गर्न लागेको हो। 

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका छोटा नेपाली चलचित्र, वृत्तचित्र र फिचर प्रदर्शन गरिनेछ। महोत्सवमा सहभागी भई उत्कृष्ट भएका चलचित्रलाई अवार्डसमेत प्रदान गरिने आयोजक सेलिब्रेटी नेपालले जानकारी दिएको छ।

उक्त महोत्सवमा नेपालका जुनसुकै मातृभाषाका चलचित्रले पनि सहभागिता जनाउन पाउनेछन्। महोत्सवमा ग्रामीण परिवेशमा कसरी चलचित्र निर्माण गर्ने भन्ने विषयमा अन्तर्क्रिया तथा वर्कसप पनि सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad