कला


यौनजन्य हिंसाविरुद्धको कथा बोकेको लघु चलचित्र ‘फगुनिया’ उत्कृष्ट घोषणा

यौनजन्य हिंसाविरुद्धको कथा बोकेको लघु चलचित्र ‘फगुनिया’ उत्कृष्ट घोषणा

नेपालखबर
मंसिर २५, २०७८ शनिबार १४:३६, काठमाडौँ

लघु चलचित्र ‘फगुनिया’ टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरुको अन्तर्राष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले आयोजना गरेको प्रतिस्पर्धामा उत्कृष्ट ठहर भएको छ। 

आइवार्टले काठमाडौंको राष्ट्रिय नाचघरमा शुक्रबार आफ्नो तेश्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिस्पर्धा सम्पन्न गरेको हो। 

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा आयोजना गरिएको सर्ट फिल्म प्रतिष्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ वटा लघुचलचित्रहरु प्रर्दशन गरिएको थियो। 

वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक/लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनको प्रमुख निर्माता तथा आइवार्ट नेपालकी सचिव नीता सापकोटालगायतका निर्णायक टोलीले कथा, निर्देशन र सन्देशका आधारमा चलचित्रलाई मूल्यांकन गरेका थिए।

प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल निर्देशक सरिता शाहको चलचित्र फगुनियाले नगद रु २५ हजार, द्वितीय स्थान हासिल गर्न सफल निर्देशकद्वय पुष्पाजोशी र एन्जिला चौधरीकोे चलचित्र ललिताले नगद रु १५ हजार र तृतीय स्थानमा निर्देशकद्वय श्रृषा कुँवर र अस्मिता लावतीको चलचित्र समाइराले नगद रु १० हजार प्राप्त गरेको छ। 

ब्रिटिस काउन्सील संगको सहकार्यमा आइर्वाट नेपालले ‘जलवायु परिवर्तन’ क्लाइमेट चेन्ज  विधा तर्फ ६ वटा लघु चलचित्रहरु प्रर्दशन गरिको थियो। उक्त बिधामा निर्देशक सोनाम छोके लामाको डोल्पाको हिमश्रृंखलाको कथा बोकेको चलचित्र द माउन्टेन आर एंग्री उत्कृष्ट हुँदै नगद रु २५ हजार प्राप्त गरेको छ।

संसार भरि बढदो जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न फिल्मको माध्यमवाट सचेतना फैलाउने उद्देष्यका साथ यो पटक ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा जलवायु परिवर्तन बिषयमा बनेका फिल्म पनि सहभागी गराइएको हो।

कार्यक्रममा सिडको उपाध्यक्ष एवमं कार्यक्रमका प्रमुख अतिथि बन्दना राणाले महिलाको मुद्दा केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको भन्दै महिला हिंसा कम गर्नको लागि समाजको मानसिकतामा नै परिवर्तन हुनु पर्नेमा जोड दिए।

त्यस्तै आइवार्टको नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले आइवार्टको नेपाल च्याप्टरले गरी आएका गतिविधिको बारेमा जानकारी दिँदै महिला निर्देशकहरुको सीप विकास गर्दै महिला निर्देशकहरुको संख्या बढाउनको लागि सर्ट फिल्म बिच प्रतिस्पर्धाको आयोजना गरिएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad