ad ad

कला


'गाउँ आएको बाटो' बाट निर्देशनमा फर्किए नवीन सुब्बा, भोजपुरमा सुटिङ गरिँदै

'गाउँ आएको बाटो' बाट निर्देशनमा फर्किए नवीन सुब्बा, भोजपुरमा सुटिङ गरिँदै

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १३:१९, काठमाडौँ

चर्चित निर्देशक नवीन सुब्बा दस वर्षपछि चलचित्र निर्देशनमा फर्किएका छन्। 

उनले निर्देशन गर्न लागेको ‘गाउँ आएको बाटो’चलचित्रको एक कार्यक्रमबीच बुधबार घोषणा गरिएको छ। 

अभिनेता  दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै निर्देशक नवीन सुब्बाले उक्त फिल्म निर्देशन गर्न लागेका हुन्। 

यो चलचित्रमा फिल्ममा दयाहाङसँगै पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकार हुनेछन्। 

यो चलचित्रका निर्मातामा अमोद राई छन्। चलचित्रलाई अमेरिकन छायाँकार मार्किन कापरोनले खिच्ने छन्।

यो चलचित्र भोजपुरको ग्रामीण क्षेत्रमा छायाँकन गरिने भएको छ। यस चलचित्रले राई समुदायको कथा बोल्नेछ।

यो चलचित्रमा कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, बेलायतबाट नराहाङ राई र  अमेरिकाबाट भीम राई छन्।

हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासीहरु चलचित्रका सह-निर्मातामा छन्।

निर्देशक नवीन सुब्बाले यसअघि चर्चित चलचित्र‘नुमाफुङ’ ‘गुड बाई काठमाडौँ’ सहित निर्देशन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .