कला


भाषाविज्ञान समाजको वार्षिक सम्मेलन भोलि र पर्सि कीर्तिपुरमा हुने

भाषाविज्ञान समाजको वार्षिक सम्मेलन भोलि र पर्सि कीर्तिपुरमा हुने

त्रिवि भवन।


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार ११:५७, काठमाडौँ

भाषाविज्ञान समाज नेपालले ४२औँ वार्षिक सम्मेलनको आयोजना गर्ने भएको छ। 

समाजको ४२औँ वार्षिक सम्मेलन नोभेम्बर २६ र २७ तारिख सन् २०२१ (यही मंसिर १० र ११ गते) हुनलागेको हो । 

यो सम्मेलन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट आयोजना गरिने समाजले जनाएको छ। 

समाजले विगत ४० वर्षदेखि अविच्छिन्‍न रुपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिखमा वार्षिक सम्मेलन गर्दै आएको छ।

यस सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना जति भाषाविद्हरू सहभागी हुँदै आएको र करिब १०० वटा जति सम्मेलन पत्र प्रस्तुत हुने गरेकोमा कोभिड१९ महामारीको कारणले यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुने भाषाविज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए। 

उनले भने, ‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्‍न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धान पत्रहरू माथि  छलफल गरिनेछ।’ 

अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभाव जस्ता समाजभाषिक र सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृति जस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञान जस्ता विषयहरू समेटिएको उनको भनाइ छ।

माक्रोसफ्ट टिम्स लिङ्क (यहाँ क्लिक गर्नुहाेस्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad