सामाजिक सञ्जालमा यस्तो चर्चा भइरहेको छ– बलिउड अभिनेता आमिर खान तेस्रोपटक बिहे गर्ने योजनामा छन्।
भर्खरै आमिर खानले आफ्नी श्रीमती किरण रावसँग अचानक सम्बन्ध विच्छेद गरेका थिए।

किरण राव र आमिर खान
भारतीय सञ्चारमाध्यममा छाइरहेको खबरअनुसार उनी आफ्ना कुनै को–स्टारसँग वैवाहिक बन्धनमा बाँधिदै छन्।
सन् २०२२ अप्रिलमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजपछि आमिर खानले विवाहको घोषणा गर्ने दाबी गरिएको छ।
आमिर खान र किरण रावबीच अचानक सम्बन्ध विच्छेद भएपछि सामाजिक सञ्जालमा अभिनेत्री फातिमा सना सेख निकै ट्रोल भएकी थिइन्।
किरण रावभन्दा अघि आमिर खानको पहिलो बिहे सन् १९८७ मा रीना दत्तसँग भएको थियो, तर यो वैवाहिक सम्बन्ध सन् २००२ मा टुटेको थियो।
1.6k
Shares

प्रतिक्रिया