बलिउड अभिनेत्री प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’को अभिनयका कारण चर्चा कमाएका नेपाली अभिनेता सुनील थापा अर्को बलिउड फिल्ममा देखिने भएका छन्। बलिउड स्टार सलमान खानको प्रोडक्सन हाउसबाट बन्न लागेको फिल्म ‘क्वाथ’ मा अभिनय गर्ने मौखिक सहमति भइसकेको थापाले बताए।
सो फिल्ममा उनले मुखियाको भूमिका निर्वाह गर्नेछन्। अभिनेत्री क्याटरिना कैफकी बहिनी इसाबेलले डेब्यू गर्ने चलचित्रमा मणिपुर राज्यको कथा समेटिएको भारतीय मिडियाले बताएका छन्।
चलचित्रको छायांकन डिसेम्बरबाट सुरु हुनेछ। यसबीच लिखित सहमतिका लागि थापा भारत जानेछन्।
प्रतिक्रिया