यस वर्ष बलिउडमा विवाहको लहर चलेको छ। कलाकारद्वय कट्रिना कैफ र विक्की कौशलको विवाहको प्रतीक्षा गरिरहेका छन् फ्यानहरू।
भारतीय सञ्चारमाध्यमअनुसार दुई जनाले आगामी डिसेम्बर ७ देखि ९ तारिखबीच राजस्थानको सवाई माधोवपुरस्थित सिक्स सेन्सेस फोर्ट बारवरा रिसोर्टमा विवाह गर्नेछन्। दुवै कलाकारका टोली तयारी हेर्न जयपुर पुगेका छन्। विवाहमा नजिकका साथी र परिवारका सदस्यलाई मात्र बोलाइएको छ।
सलमान खान हुने छैनन् सहभागी
मिडिया रिपोर्टका अनुसार सुपरस्टार सलमान खान आफ्नो परिवारका साथ यो विवाह कार्यक्रममा सहभागी हुने छैनन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार सलमानले कट्रिना र विक्कीको विवाह छाड्न सक्छन्। तर कारण समाचारमा दिइएकाे छैन। विवाहको निमन्त्रणा भने सबैभन्दा पहिला सलमान खान र उनको परिवारलाई पठाइएको बताइएको छ।
सबैलाई थाहा भएकै कुरा हो– कट्रिना कैफ र सलमान खानबीच पारिवारिक सम्बन्ध छ। राम्रो होस् वा नराम्रो दुवै समयमा प्रायः कट्रिनाका साथमा सलमान खान हुने गरेका छन्। आफ्नो विवाहमा दुवै कलाकारले बलिउडका साथी र सल्लाहकारलाई बोलाउने भएका छन्। यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित सेट्टीको नाम पनि छ। साथै वरुण धवन र नताशा दलाल पनि विवाहमा सहभागी हुन सक्नेछन्।
Shares

प्रतिक्रिया