अभिनेता राजेश हमालले पहिलोपटक आफ्नो स्वरमा गीत रेकर्ड गराएका छन्।
‘मन बूढो भएन’ बोलेका गीत उनले गाएका हुन्। जसको म्युजिक भिडिओमा पनि उनी आफैंले अभिनय गरेका छन्।
उक्त म्युजिक भिडिओ बुधबारै सार्वजनिक भइसकेकाे छ।
त्यसअघि हमालले खुसी हुँदै आफूले पहिलोपटक स्वर दिएको गीतको सुटिङका केही तस्बिर/भिडिओ पनि सार्वजनिक गरेका छन्।



यहाँ सुटिङको भिडिओ–
दीपक शर्माका शब्द र संगीतमा तयार गीतमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ।
देवेन्द्र पाण्डेको निर्देशनमा तयार उक्त गीतको भिडिओमा हमालसँगै अभिनेत्री रेश्मा घिमिरेले अभिनय गरेकी छन्।
हेर्नुहोस् तयार म्युजिकि भिडिओ–
18
Shares

प्रतिक्रिया