फिल्म सुटिङका लागि अनुपम खेरसहितको बलिउड कलाकारको टोली काठमाडौं आइपुगेको छ।
हिन्दी सिनेमा ‘उचाइ’ छायांकन गर्न आफूसहित अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार आइतबार काठमाडौं आइपुगिएको जानकारी कालकार खेरले ट्विटरमार्फत दिएका हुन्।
ट्विटरमा उनले आफूहरू विमानमार्फत काठमाडौं अवतरण गर्दै गरेको भिडिओ हालेका छन्।
हेर्नुहोस् :
— Anupam Kher (@AnupamPKher) October 3, 2021Landed in #Kathmandu! It is wonderful to be back in the picturesque city of Stupas & temples after a long gap. I start my fourth film #Uunchai with the magician of Indian cinema #SoorajBarjatya tomorrow morning!! Will need your love and blessings! Jai Ho! ⛰😍 @rajshri pic.twitter.com/9tiO0BC6ZB
यो समूहले सोमबारदेखि नै छायांकन सुरु गरिसकेको छ।
उनले नेपालमा छायांकन हुने यो फिल्म उनको करियरको ५२०औं फिल्म भएको जानकारी पनि दिएका छन्।
यस्तै कलाकार अनुपम खेरले आज (मंगलबार) बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेको जानकारी पनि दिएका छन्।
उनले लेखेका छन्, ‘प्राचीन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरियो...।’
Prayed at the ancient temple of #Pashupatinath ji in #Kathmandu, Nepal on behalf of everybody. Prayed for everyone’s good health & peace. This lord Shiva temple was built in 5th century!! Millions of devotees from all over come to pray here! Jai Bholenath!! 🙏🌻🌺🙏 #Shiva pic.twitter.com/5lT0vZ1QZE
— Anupam Kher (@AnupamPKher) October 5, 2021
फिल्म ‘उचाइ’ को टोली झन्डै ४० दिन नेपालमा रहने बताइएको छ।
बलिउडका स्थापित निर्देशक सुरज बडजात्याको निर्देशनमा राजश्री प्रोडक्सनले ‘उचाइ’ फिल्म बनाइरहेको हो।
जसमा अभिनेता अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको अभिनय रहने भए पनि उनीहरू नेपाल आइपुगेका छैनन्।
Shares
प्रतिक्रिया